‘अर्को बर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन्छ’ : डोनाल्ड ट्रम्प



अमेरिकामा कोरोना संक्रमण कम हुनुको सट्टा उल्टै बढिरहेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्को बर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।

ट्रम्पले कोरोना विरुद्धको खोप बनाउन यतिबेला उनको प्रशासन दिनरात खटिरहेको दाबी गरेका छन् ।

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए । उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्