धेरै गुलियो खानेहरुको कमजोर हुनसक्छ दिमाग, जसकारण ‘डिप्रेशन’ हुने सम्भावना हुन्छ उच्च…



गुलियो खान प्राय धेरै मानिसलाई मनपर्छ । घरमा कुनै सामाजिक कार्य गरिन्छ भने हामीले गुलियो खानेकुरा या भनौँ मिठाइ ल्याएका नै हुन्छौँ । यसको मात्र कुरा नगरौँ, कसैको चियामा चिनी असाध्यै खाने बानी हुन्छ भने कसैको कम खाने बानी हुन्छ । तर गुलियो सबैले नै खान्छन् ।

तर एकदमै कम मानिसलाई थाहा होला दिमाग र गुलियो खानेकुराको सम्बन्ध निकै नै खतरनाक हुन्छ । भर्खरै गरिएको एक अनुसन्धानमा खानेकुराले शरीरका अंगहरुमा विभिन्न भावनाहरुको ट्रिगर गर्छ । त्यस्तै, गुलियोले भने डिप्रेशनको भावना पैदा गर्छ ।

ब्रिटिश जर्नल अफ साइकियाट्री (The British Journal of Psychiatry )  ले गरेको एक अनुसन्धानमा धेरै निर्मित र गुलियो खानेकुराको सेवनले पाँच वर्षको अवधिमा डिप्रेशन विकास गर्ने पत्ता लागेको छ ।

चिनी दुखाई र तनावको कारण

कमैलाई थाहा होला चिनीले मुड गडबढ गर्ने र तनावलाई बढाउने जोखिम हुन्छ । जसकारण शरीरका अगंहरु सुन्निने गर्छन् । यसको सम्बन्ध डिप्रेशनसँग हुन्छ । त्यसैले हामीलाई भोक कम लाग्ने, निन्द्रा समयमा नलाग्ने र तनाव बढी हुने हुन्छ । त्यसैले खानामा चिनीको मात्रा कम गर्ने र प्रोसेसड खाना खानबाट बच्नुपर्छ ।

डिप्रेशन बढाउन गुलियोको सहयोगी भूमिका

गुलियो पनि २ प्रकारका हुन्छन् । एउटा सिम्पल सुगर, जुन फलफूल, तरकारीमा पाइन्छ अनि अर्को भने प्रोसेस्ड सुगर जुन उच्च क्यालोेरीयुक्त हुन्छ र यो भने चकलेट, कफीहरुमा पाइन्छ । सिम्पल सुगल खनिज, भिटामिन र फाइबरले भरिपूर्ण हुन्छ । जसले शरीरमा घुल्न धेरै समय लिने गर्छ । शरीरमा प्रवेश गरेपछि सुगरलाई कार्बोहाइड्रेले ग्लुकोजमा परिवर्तन गरिदिन्छ । त्यसपछि कोशिकाहरुलाई उर्जा दिने काम गर्छ । तर अधिक उर्जाका लागि विस्तारै विस्तारै गुलियोको लत लाग्छ । त्यसैले कम गुलियो खाँदा शरीरमा कमजोरी पैदा गर्छ । जसले भित्री रुपमा चिनी खाने इच्छा जागृत गराउँछ ।

प्रतिक्रिया दिनुहोस्