उपत्यकामा थपिए ६१८ संक्रमित



उपत्यकामा थप ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्