नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा जम्मा संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्