उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्