थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १ हजार ६८ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना संक्रमणमुक्तको संख्या ४१ हजार ७०६ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्