मनिसलाई किन आउँछ त आत्महत्या गर्ने सोच ? आफूमा आएका यस्ता परिवर्तनलाई बेवास्ता नगर्नुस्…



आजभोली आत्महत्या गर्ने प्रविधि निकै नै बढेको छ । कुनैपनि कुराले हामीलाई तनाव दिएको छ भने त्यसको सावधानको उपाय खोज्ने भन्दापनि सुसाइड गर्ने सोच आउँछ । जीवन अमूल्य हुन्छ । एकपटक मरेर गएपछि कोहीपनि फर्किएर आएका छैनन् । त्यसैले हामीले एउटा गलत कदम उठाउनु अघि हजार पटक सोच्न आवश्यक हुन्छ ।

हुन त सबैलाई आफ्नो जीवन प्यारो नै हुन्छ । खुसी भएर बाँच्ने रहर सबैमा हुन्छ । कुनै कुराको हामीलाई समस्या छ भने त्यसको समाधानको उपाय खोज्ने हो, आत्महत्याको बाटो रोज्ने होइन । धेरैलाई थाहा छैन होला तर आत्महत्या गर्नुअघि मानिसमा केही परिवर्तन आएको छ । केही संकेतहरु हामीलाई दिइएको हुन्छ, जसलाई हामीले बेवास्ता गर्नु हुदैँन ।

निकै तनाव या भनुम डिप्रेशनमा भएको मानिस अचानक शान्त भएर केही सोचिरहेको छ भने बुझ्नुहोस् कि त्यो मान्छे कुनै गलत निर्णयमा पुगिसकेको छ । त्यस्ता व्यक्तिहरु धेरैजसो समय एक्लै बस्न रुचाउने, कुनैपनि सामाजिक गतिविधीमा सहभागी नहुने हुन्छन् ।

आत्महत्या जस्तो अत्यन्तै भयानक कदम कुनै पनि व्यक्तिले अचानक उठाउन सक्दैन । यसभन्दा अगाडि उक्त व्यक्तिमा केही संकेतहरु देखापर्छन् । जस्तो कि बारम्बार रिसाउने, सधैँ उदास हुने, मुड स्विंग हुने, भविष्यलाई लिएर अत्यधिक शसंकित रहने, निन्द्रा नलाग्ने हुन्छ । यस्तो समयमा उनीहरु निकै मानसिक उतार चढावको महसुस गरिरहेका हुन्छन् ।

आत्महत्यालाई निर्मुल पार्न त्यति सजिलो छैन, तर असम्भव पनि होइन । हामीले आफ्नो मुड ठिक नहुने बित्तिकै आफ्ना मिल्ने साथीभाइ, परिवारसँग समय बिताउनुपर्छ, आफ्नो मनमा लागेका सबै कुरा सुनाउनु पर्छ, एक्लै बस्नुभन्दा कुनैपनि कामलाई आफूलाई व्यस्त राख्नुपर्छ । त्यसका साथै धुम्रपान र मद्यपानबाट पनि टाढा रहनुपर्छ । आफूमा केही परिवर्तन आएको महशुस भएमा हामीले तुरुन्त चिकित्सकको सल्लाह लिएर त्यस अनुसार उपचार गर्यौ भने डिप्रेशन जस्तो भयानक रोगबाट बच्नुको साथै आत्महत्या गर्ने सोच दिमागमा कहिल्यै आउन दिदैनौँ ।

 

प्रतिक्रिया दिनुहोस्