
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
यसैगरी हालसम्म २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा २१ जना बागमती प्रदेशका रहेका छन् भने १ जना प्रदेश नम्बर ५ का रहेका छन् । आइसीयुमा भने १६२ जना रहेका छन् । जसमा बागमती प्रदेशका मात्रै १०१ जना रहेका छन् ।





