स्वास्थ्यको लागि सेतो चिया उचित कि कालो ? यस्तो छ विशेषज्ञहरुको सुझाव…



संसारमा धेरै थरीका पेय पदार्थहरु रहेका छन् । तर विश्वभर नै हेर्ने हो भने सबैभन्दा धेरै पिइने पेय पदार्थ भनेको चिया नै हो । जस्तोसुकै उमेर वर्गको मानिसलाई पनि चिया भने असाध्यै नै मनपर्छ । बस् कसलाई कस्तो चिया मनपर्छ भन्ने कुराले फरक पार्ने हो ।

तर विज्ञानलाई फलो गर्ने हो भने र विशेषज्ञको कुरा मान्ने हो भने हामीले स्वादको भन्दा पनि स्वास्थ्यलाई फाइदा गर्ने खालका चिया खानु उचित हुन्छ । डा.प्रकाशराज रेग्मीले यसबारे केही सुझाव दिएका छन् ।

हामीले दिनदिनै २–४ कप चिया पिएकै हुन्छौं । यसबारे कुन राम्रो, कुन नराम्रो भन्ने जानकारी लिनु सबैका लागि उपयोगी हुन्छ ।

हरियो र कालो दुवै चिया एउटै जातको क्यामेलिया नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ अनि त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ ।

हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरु नष्ट हुँदै जान्छन् ।

यस हिसाबले पनि स्वाद नहेरी स्वास्थ्यलाई फाइदा गर्ने हिसाबले हेर्ने हो भने कालोभन्दा हरियो अर्थात ग्रीन टि उचित हुन्छ । कतिलाई यो पनि लाग्छ कि दुध हालेको चियाले असर गर्छ । तर त्यस्तो नभएको डा.रेग्मी बताउँछन् ।

उनको भनाइअनुसार कुनैपनि स्वस्थ्य मानिसले दिनमा २ पटकसम्म दुध हालेको चिया खादाँ फरक पर्दैन । तर खाली पेटमा भने दुध हालेको चिया नखानु उचित हुन्छ । यस्तै ग्याष्ट्रिक हुने, डगार धेरै खाउने, पेट फुल्ने जस्ता समस्याबाट पिडितले भने दुध हालेको चिया नखादाँ स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्