
काठमाडौं । गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डाीआईजी) घनश्याम आर्याललाई कोरोना भाइसर पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङबम आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बिहीबार पीसीबार परीक्षणको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।





