
अर्बपति बिजनेशम्यान तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरी कोरोनामुक्त भएका छन् ।
१० दिनसम्म होम आइशोलेसनमा बसेर उनले कोरोना जितेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भदौ १२ गते उनले कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
कोरोनाम’क्त भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिनोदले भनेका छन्, ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’





