
नेपालमा कोरोनाको कारण ज्यान गुमाउने संख्या दिनदिनै बढ्दो क्रममा छ ।
यस्तै संक्रमित पनि बढिरहेका छन् । आजमात्र कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ । जसमध्ये ३ महिला र ६ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।





