यी हुन् गर्मियाममा शितलता दिने ५ फलफूहरु…



फलफूल खानु स्वास्थ्यको लागि निकै नै राम्रो हो । फलफूलमा पोषक तत्व धेरै भएकाले यसले शरीरलाई स्वस्थ र फूर्तिलो राख्छ । तर हामीले फलफूल पनि मिलाएर खान जान्नुपर्छ ।

अहिले गर्मीको मौसम छ । गर्मियाममा हामीले शितलता प्रदान गर्ने फलफूल खान आवश्यक हुन्छ । जसले शरीरलाई शितलता प्रदान गर्नुका साथै फूर्तिलो पनि राख्छ । हामी यहाँ तिनै केही फलफूलबारे जानकारी दिनछौँ ।

लिची- गर्मी मौसममा खानको लागि उचित फलफूलमध्ये एउटा लिची पनि हो । लिची खादाँ मिठो हुनुका साथै यसले शितलता पनि प्रदान गर्छ ।

अङ्गुर- अङ्गुरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई शक्ति दिनुका साथै शितलता पनि पनि दिन्छ । त्यसैले गर्मियाममा अगुंर खानु उचित हुन्छ ।

काँक्रो- काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा काँक्रो खाएमा उपयुक्त हुन्छ । यो खाँदा शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ ।

खरबुजा- गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या ९ग्यास्ट्राइटिस, कब्जियत० बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

आँप– प्राय सबै मानिसलाई मनपर्ने फलफूल हो, आँप । आँप खानु स्वास्थ्यको लागि निकै राम्रो हो । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्