
पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै आज उपत्यकामा मात्रै ४५४ संक्रमित थपिएका छन् । काठमाडौँमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।





