यसकारण पिउनु हुदैँन खाली पेटमा दुध…



दुध खानु स्वास्थ्यको लागि राम्रो हो । दुधमा पोषण तत्व हुन्छ । जसले शरीरलाई निकै फाइदा गर्छ । तर खाली पेटमा दुध पिउनु भने स्वास्थ्यको लागि उचित हुदैँन । यसले चिसो लाग्ने, खोकी लाग्ने जस्ता समस्याहरु देखिने थाल्छ ।

त्यसबाहेक खाली पेटमा दुध खाना अन्य धेरै समस्याहरु पनि हुनसक्छन् । हेरौँ ती समस्याहरु केके हुन् ?

दिनभर आलस्य र थकान महशुस हुने

हामीले खाना खाइसकेपछि पचाउनको लागि दुध पिउनु राम्रो हो । तर बिहान उठ्ने बित्तिकै दुध पिउँदा त्यसले दिनभरको लागि शक्ति दिन्छ भनेर सोच्नु भने हाम्रो गल्ती हो । यो कुराको पुष्टि विज्ञानले पनि गरिसकेको छ कि खाली पेटमा दुध खादाँ दिनभरि निन्द्रा लाग्ने र शरीर आलस्य हुने हुन्छ ।

पेटमा भारीपन महशुस हुने

हरेक दिन बिहान दुध खाने गर्दा त्यसले पेट भारी भएको महशुस हुन्छ । त्यतिमात्र नभएर कहिले काहिँ खाली पेटमा दुध खादाँ पेट दुख्ने, डाइरीया हुने पनि हुनसक्छ । त्यसैले पनि बिहानभन्दा पनि राति सुत्नेबेला दुध पिउनु उचित हुन्छ ।

मुड खराब हुनसक्ने

जो व्यक्ति बिहानै दूध पिउँछन् ती व्यक्तिहरुको मुखमा स्वाद बिगार्न पनि सक्छ । साथै, मुखको स्वादमा आउने परिवर्तनले मुड खराब हुने, चिढचिढावट हुने आदि समस्या पैदा गर्छ । त्यसैले दूध खाना खाएपछि पिउने गर्नुपर्छ र अलैँचीको धुलो, चक्लेट पाउडर आदि हालेर खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्