यी हुन् पेटमा ग्यासको समस्या निम्त्याउने ५ तरकारीहरु…



पेटको समस्या प्राय मानिसमा देखिरहेको हुन्छ । पाचन प्रणालीमा समस्या देखिएपछि हामीलाई पेट दुख्ने, पेट फुल्ने समस्याले सताउन थाल्छ ।

यसको लागि हामीले खानेकुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । आफूलाई मनपर्ने खानेकुरा भेटेपछि स्वास्थ्यको ख्याल नै नगरी खाने गर्छौ । आज हामी यहाँ यस्ता केही तरकारीहरु चर्चा गर्नेछौँ, जसले धेरै खाएमा पेटमा समस्या निम्त्याउन सक्छन् ।

कटहर– कहटर धेरै मान्छेलाई मनपर्ने तरकारी हो । कटहर पाकिसकेपछि मान्छेलाई यसले फलफूलको रुपमा खान्छन् भने काचो कटहर तरकारीको रुपमा खान्छन् । कटहर पकाएर खादाँ निकै मिठो हुन्छ । तर ग्याष्ट्रिकको बिरामीको लागि कटहर उचित हुदैँन । यसमा पोषक तत्व अत्याधिक हुन्छ । तर ग्यासको बिरामीलाई भने झन् ग्यास बढाउँछ ।

पिडालु–  पिडालु पनि पकाएर खादाँ निकै मिठो हुन्छ । धेरैले पिडालु दालमा मिसाएर समेत खान्छन् । तर पिडालु पनि ग्यासको समस्या भएकाहरुको लागि भने उचित छैन । यसले पेट फुलाउँछ ।

सेतो चना– सेतो जना धेरै जनाको मनपर्ने तरकारी हो । तर पेटको समस्या हुनेहरुको लागि यो त्यति उचित हुदैँन । हुन त पेटको समस्या हुनेहरुले यसको बोक्रा फालेर खादाँ खासै असर भने गर्दैन ।

राजमा– राजमाले पनि ग्यास बढाउने काम गर्छ । त्यसैले ग्याष्ट्रिकको बिरामीले धेरै राजमा खानुहुदैँन ।

मुला– मुलालाई प्राय खानापछि पचाउनको लागि सलादको रुपमा खाइन्छ । धेरैले यसलाई अचार र तरकारी पनि बनाउँछन् । मुला खाँदा ग्यासको समस्या हुन्छ भने यसमा पनि अजवाइन हालेर खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्