
पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
यस्तै आज उपत्यकामा मात्रै ४४५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् ।





