
काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको छ ।
बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढे ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए । यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।





