काठमाडौं । रुपन्देहीमा थप एका जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना ११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।
हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अइसोलेशन र भेन्टिलेटर गर्दा गर्दे बिहान मृत्यु भएको डा.सुर्दशन थापाले बताए ।





