
कोरोना कारण निको भैसकेका मानसिक रोगीहरुमा पुनः मानसिक रोग देखिन थालेको छ । कोरोनाका कारण विश्वभर धेरै मानिसको ज्यान गइसकेको छ । यस्तो अवस्थामा सबैलाई डर लाग्नु र चिन्ता लिनु स्वभाविकै हो ।
मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि अस्पतालमा आउन थालेको बताउँछन्। ‘कोरोना संकटले निम्त्याएको समस्याका कारण निको भइसकेका तथा सामान्य अवस्थामा रहेका मानसिक रोगी पुनः अस्पताल आउन थालेका छन्,’ मानसिक अस्पताल लगनखेल, ललितपुरका वरिष्ठ मनोचिकित्सक वासुदेव कार्कीले भने।
कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन्। चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। सरकारी तथ्यांक अनुसार गत वर्ष पाँच हजार सात सय ३४ जनाले आत्महत्या गरेकोमा यो वर्ष ६ हजार दुई सय ६१ जनाले आत्महत्या गरेका छन्।





