भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । रुपेन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भैरहवा स्थित भीम अस्पतालमा उपचाररत् पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीया महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो ।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलई भिम अस्पताल पठाइएको थियो ।

भिम अस्पतालमा सोमबार देखि आईसियु संचालनमा आएकोले उनलाई आईसियूमै राखी उपचार गरिरहेकोमा मंगलबार राती मृत्यु भएको शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्