
काठमाडोैं । पूर्वन्याधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालला हृदयकेन्द्रमा मृत्यु भएको हो ।
७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।





