बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा, ५ जना घाइते



चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा-५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका-२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्