महोत्तरीमा कोरोना संक्रमणबाट ४ वर्षीया बालिकाको मृत्यु



जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्