
आज देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।





