
ब्राजिलमा गएको २४ घण्टाभित्रमा १६ हजार बढी कोरोना संक्रमित भेटिएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ ।
प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो । तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।





