
कपाल झर्ने समस्याले धेरै मानिसलाई सताइरहेको हुन्छ । राम्रो, लामो र सफा कमाल सबैलाई मनपर्छ । त्यसको लागि हामीले केही कुरालाई ध्यान दिन आवश्यक हुन्छ ।
हरेक व्यक्ति आफ्नो कपाल लामो, बाक्लो, चमकदार र स्वस्थ्य होस् भन्ने चाहाना राख्छन् । तर, कम मात्रै मानिसलाई थाहा हुन्छ कि कपाल आफ्नै कारणले कपालमा विभिन्न समस्याहरु आउँछन् ।
कपाललाई आफूले चाहेजस्तो बनाउनको लागि हामी यी गल्तीहरु कहिल्यै पनि गर्नुहुदैँन ।
१. कपाललाई फोहोर हुन दिनु हुदैँन
धेरै दिनसम्म नुहाएन भने कपाल फोहोर हुन्छ । कपाल फोहोर भएपछि कपालबाट चिल्लो पदार्थ निस्कने, छायाँ पर्ने जस्ता समस्याहरु देखिन थाल्छन् । त्यसैले कम्तीमा हप्ताको २ पटक कपाललाई हल्का स्याम्पुको प्रयोग गरेर धुनुपर्छ । धेरै स्याम्पुको प्रयोग गर्नाले कपाल अत्याधिक झर्ने गर्छ । त्यस्तै सल्फेट र धेरै केमिकल भएका स्याम्पु प्रयोग गर्नुहुदैँन ।
२. तेल लगाउँदा ध्यान दिने
धेरै मानिसलाई कपालमा तेल लगाएको मन पर्दैन । तर कपालको सुरक्षाका लागि कपालमा तेल लगाउन आवश्यक हुन्छ । तर, सधैँ कपालमा तेल लगाएर राख्दा छालामा हुने छिद्र बन्द हुन्छ र टाउकोको छालाबाट तेल निस्किन्छ । त्यसैले, टाउकोको छालामा भन्दा कपालमा तेल लगाउनुपर्छ । कपालमा तेल लगाउने गर्दा यसले कपाल झर्न रोक्छ ।
३. केमिकलयुक्त प्रोडक्ट प्रयोग नगर्ने
कपाललाई स्टाइलिस बनाउनको लागि हामीले अनावश्यक प्रोडक्टहरु प्रयोग गर्ने गर्छौ । जसका कारण कपाल झर्ने समस्या हुन्छ । त्यसका साथै धेरै केमिकलयुक्त प्रोडक्टहरु प्रयोग गर्दा टाउको दुख्ने समस्या पनि हुनसक्छ ।
४. रङको प्रयोग नगर्ने
कपालमा रङ र ब्लीच गर्नबाट बच्नुस् । नियमित रुपमा यस्तो गर्दा कपाल रुखो हुने र कमजोर बनाउँछ । जसको कारण कपाल पातलो हुन्छ ।
५.चिसो कमाल नकोर्ने
हतारको समयमा धेरै पटक हामीले चिसो कमाल कोर्ने गर्छौ । चिसो कपाल कार्दा कपाल अत्याधिक झर्ने हुन्छ । त्यसैकारण नुहाइसकेपछि कपाल सुख्खा नहुन्जेल कोर्नु हुदैँन ।
६.कपाल सुकाउने मेसिनको प्रयोग नगर्ने
विशेष गरी महिलाहरुले आजभोली हेयर ड्रायर प्रयोग गर्ने गरेका छन् । कपाल छिटो सुकाउनको लागि यसको प्रयोग गर्ने गरिन्छ । तर यसले कपाललाई रुखो बनाउनुको साथै कपाल झर्छ । त्यसैले सकेसम्म हेयर ड्रायरको पनि प्रयोग नगर्नु कपालको लागि उचित हुन्छ ।





