कोरोना संक्रमणका कारण भक्तपुरका ७५ बर्षिया वृद्धको मृत्यु



भक्तपुरमा कोरोनाका कारण थप एकको ज्यान गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।

ती मृत्युलाई स्वासप्रस्वासमा समस्या भएपछि भदौ ११ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेपछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्