पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने



सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ ।

स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्