केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य र्पयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो ।

योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

कारागारको तीन वटै ब्लकमा रहेको कैहीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइोलेसेन सेन्टरमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्