कोरोनाका कारण थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो



पछिल्लो अपडेट अनुसार कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

आजमात्र कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र १० पुरुष रहेका छन् ।

मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्