
काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार शिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।





