
उक्त रक्तचाप प्राय मानिसमा देखिने समस्या हो । नेपालको परिवेशमा मात्र नभएर विश्वव्यापी रुपमा नै हेर्ने हो भने पनि हरेक बर्ष उच्च रक्तचापका कारण ७५ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
उक्त रक्तचाप हुन नदिन हामीले आफ्नो स्वास्थ्यको निकै नै ख्याल राख्न आवश्यक छ । यसको लागि बेला बेलामा ब्लड टेस्ट गरिरहनु पर्छ ।
ब्लड टेस्ट गर्दा पनि हामीले होसियार हुन आवश्यक हुन्छ । किनकी रक्तचाप नाप्दा हुने साधारण लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ । रक्तचाप जाँच गर्दा हामीले तल उल्लेखित कुराहरुलाई लागू गर्न सक्यौँ भने रक्तचापको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– रक्तचाप जाँच गर्दा बोल्नु हुदैँन । धेरै बोलेमा वास्तविक भन्दा धेरै रक्तचाप देखिन्छ ।
– रक्तचाप परीक्षणका क्रममा शान्त बस्नु पर्दछ ।
– लुगा बाहिर रक्तचाप नाप्ने मेसिनको कफ ९बिपी कफ०लाई बाध्नु हुदैन ।
– लुगा बाहिर कफ बाधेमा रक्तचापको सही नाप आउँदैन ।
– बिपी कफले रक्त चाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनु पर्दछ ।
– बिपी कफ लगाइ सकेपछि हातलाई उठाउनु वा झुण्ड्याउनु हुँदैन ।
– बिपी कफलाई मुटुको समानान्तर हुने गरी मिलाएर राख्नु पर्दछ ।
– रक्तचाप नाप्दा निहुरीएर वा उत्तानो परेर बस्नु हुदैन । सीधा बस्नु पर्दछ ।
– रक्तचाप नाप्दा खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा अलगअलग हुनु पर्दछ ।
– सकेसम्म खुट्टाले जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनु पर्दछ ।
– पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । अन्यथा बढि देखिन सक्छ ।





