धरानमा कोरोना संक्रमित २ जनाको मृत्यु



काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा धरान १७ की ७४ वर्षिया महिला र धरान १७ कै ६० वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च् ज्वरो रहेको थियो ।

यस्तै ६० वर्षीय पुरुषमा पनि अध्यापिधक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कजेजोमा समेत समस्या रहेको थियो । उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबारनै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्