काठमाडौं । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७:४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।





