
आजमात्रै कोरोनाका कारण नेपालमा १२ जनाले ज्यान गुमाएका छन् ।
मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ । धेरै कोरोना संक्रमितहरु आइसीयूमा रहेका छन् ।
जसका कारण कोरोनाका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ ।





