काठमाडौँ उपत्यकामा घटे संक्रमित, आज १८६ जनामा कोरोना संक्रमण पुष्टि



आज थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १८६ जना काठमाडौँ उपत्यकाका रहेका छ ।

अन्य दिनको तुलनामा काठमाडौँ उपत्यकामा आज कोरोना संक्रमित घटेका छन् । हिजोमात्र काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्