कोरोनाका कारण चितवनमा थप एक महिलाको मृत्यु



नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहान मात्र कोरोनाका कारण पोखराका एक पुरुषको ज्यान गएको थियो । आजै चितवनमा पनि कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ ।

चितवनको मेडिकल कलेजमा उपचाररत ४७ बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

मिर्गौलाको समस्याका कारण ती महिला गत साउन २६ गते अस्पताल भर्ना भएकी थिइन् भने भदौ ८ गते उनीमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारको क्रममा ती महिलाको आज निधन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्