यी हुन् आखाँमा हुने जलन र एलर्जीबाट बच्ने ५ घरेलु उपायहरु…



आखाँ, हाम्रो शरीरको निकै नै संवेदनशील अंग हो । यसलाई निकै नै बचाएर राख्न आवश्यक हुन्छ । आखाँको सुरक्षाको लागि हामीले घरेलु उपायहरु पनि अपनाउन सक्छौँ ।

सामान्यतया धेरै मानिसलाई आखाँमा जलन हुने, एलर्जी हुने हुन्छ । यस्तो हुदाँ हामी आखाँलाई सिधै हातले मिच्छौँ । यस्तो गर्दा आखाँमा समस्या देखिन सक्छ ।

यस्ता समस्याबाट बच्न हामीले घरेलु उपायहरु प्रयोग गर्न सक्छौँ । आज हामी तिनै घरेलु उपायहरुबारे चर्चा गर्नेछौँ ।

चिसो पानी

हाम्रो आखाँमा केही पस्दा, आखाँ चिलाउँदा चिसो पानीले आखाँ सफा गर्दा हामीलाई तुरुन्त आराम मिल्ने गर्छ । आँखा बन्द गर्ने र एउटा सफा कपडाको टुक्रा चिसो पानीमा डुबाएर उक्त कपडा आँखामा राख्ने । यसका साथै पानीका छिट्टा आँखा छर्किँदा पनि आँखामा हुने यस्ता समस्या कम हुन्छ ।

घ्युकुमारीको जुस

घ्युकुमारीको जुसले आखाँलाई एकदमै फाइदा गर्छ । यसका लागि ठूलो चिया चम्चा घ्युकुमारीको जुस लिने र बर्फका टुक्रा मिसाएर पिस्ने र त्यसलाई कपासको सहाराले आँखामा लगाउने । यो प्रक्रिया दिनको दुई पटक लगाउने गर्दा आँखामा आउने समस्या कम हुन्छ ।

गुलाब जल

गुलाब जलले आखाँलाई एकदमै राम्रो गर्छ । आखाँ जलन भएको बेला सफला कटनको कपडामा गुलाब जल लगाएर आखाँ सफा गर्दा एकदमै आराम मिल्छ ।

धनियाँको दाना

आखाँमा एलर्जी भएको बेला धनियाँलाई भिजाएर यसको पानी आखाँमा लगाउन सकिन्छ । धनियाँमा हुने मोस्चराइजर गुणले आखाँमा भएको सुख्खापन कम गर्छ । धनियाँलाई उमालेर त्यसको पानी आखाँमा लगाउँदा आखाँ सफा पनि हुन्छ ।

सौँपका दाना

यदि आँखामा सुख्खापनको समस्या भयो भने यसका लागि सौँपका दाना प्रयोग गर्न सकिन्छ । सौँपमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ । आँखामा आउने समस्या ठिन गर्नको लागि एक ठूलो चम्चा सौँप पानीमा हालेर उमाल्ने त्यसपछि चिसो हुन दिने । र उक्त पानी कटनको सहाराले आँखामा लगाउने र १५ मिनेटसम्म राख्ने त्यसपछि पखाल्ने गर्दा आराम मिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्