चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार उनको शुक्रबार बिहान ६ः५० बजे मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालका निर्देशक डा.दयाराम लम्सालले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

हेटौडा उपमहानगरपालिका १९ की ७१ वर्षीया ती महिला भदौ ७ गते भर्ना भएकी थिइन् । उनको स्वासप्रश्वास जटिल समस्या आएको थियो । अस्पतालका निर्देहक डा.दयाराम लम्सालका अनुसार इमरजेन्सीमा भर्ना भएपछि उनको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्