काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए ।
त्यस्तै देशभर ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।
२४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन । काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संकंमण पुष्टि भएको जानकारी दिए ।





