कोरोनाबाट थप ७ जनाको मृत्यु



काठमाडौं । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्, भने हालसम्म् निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्