कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।

मंगलबार पुष्टि भएका संक्रमित सबै तौलिहवाक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार पुष्टि भएकोमा प्रेस युनियन कपिलवस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपूर्ण पोस्टका संवाददाता संक्रमित भएका छन् ।

उनले फेसबुका स्टाटस लेख्दै आफ्नो रिपोर्ट पोजेटिभ आएको उल्लेख गर्दै सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर टेस्ट गर्न आग्रह गरेको भछन् । यससँगै जिल्लामा हालसम्म ६ पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्