महालक्ष्मी नगरपालिकाका २३८ जना व्यक्तिहरुको PCR Test कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (EDCD)  को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको ०७७/०५/०८ गते ३ नं वडा कार्यालय परिसरमा PCR test कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा जम्मा २३८ जना व्यक्तिहरुको थ्रोट स्वाब नमुना संकलन भएको हो । उक्त संकलित २३८ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि.सि.आर. परीक्षण पद्धति द्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठ्माडौं पठाइएको छ । कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू र वडा अध्यक्षज्यूहरुका साथै अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

यस्ता कार्यक्रमले संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षणको दायरमा ल्याउन र उनीहरुमा रहेको संका-उपसंका हटाउन मदत गर्ने साथै समुदायस्तरमा संक्रमण फैलन सक्ने सम्भाव्यता कम गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभएको छ । साथै, उहाँले आगामी दिनमा पनि कोरोना संक्रमण नियन्त्रणका लागि यस नगरक्षेत्रभित्र PCR test  गरिने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्