सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि



कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पसका १ जना छन् ।

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्