बुटवलमा कोरोना संक्रमित दुई जनाको मृत्यु



काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका फोकल पसर्न डा.सुदर्शन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताए ।

बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन् । यस्तै समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्