महाराजगञ्ज वृत्तका थुनुवामा देखियो कोरोना, पाँच जना प्रहरीमा पनि संक्रमण



काठमाडौं । मनमैंजुमा हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत साउन ३० गते राति मनमैंजुको एक खाजा घरमा विवाद हुँदा ती व्यक्तिले नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या गरेका थिए । उनले तामाङमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए, भने अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले उनलाई हत्या भएको २४ घण्टा नबित्दै माछापोखरीस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
उनको कोरोना परीक्षण गर्दा गत शुक्रबार संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएक पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ । उनीसँगै सम्पर्कमा आएका अन्य पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ उनले भने अहिले सबैलाई उपचारको लागि विभिन्न आइसोलेसनका पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्