
काठमाडौं । थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरको संक्रमण देखिएको छ ।
बाँकी संक्रमितहरुमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन् ।
संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले जनाइन् । अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रंमण देखिएको छैन ।
आज नि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ । स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको मिश्रले बताइन् । उनले संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको जानकारी दिइन् ।





