रौतहटमा अगामी १४ गतेसम्म निषेधाज्ञा



रौतहट । रौतहट जिल्ला भरमा लागूहुने गरि अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले शनिबार बसेको जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार गत १४ आइतबार राति १२:०० बजे सम्मलाई निरन्तरता दिएको छ ।

साथै थप गरिएको निषेधाज्ञाकोे अवधिमा आम नागरिकहरुलाई अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको सहज बनाउन खाद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७:०० बजेदेखि विहान ११:०० बजेसम्म शर्तहरुको पूर्ण परिपालना गरी गराई अत्यावश्यक उपभोग्य खाद्यान्न पसलहरु खोल्न र निर्माण सामग्रीका पसलहरु खोल्न दिइने रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारीदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्