
विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत १५ का ६७ वर्षीय संक्रंमितको मृत्यु भएको हो ।
उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरानमा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।





